Comments Add Comment

Advertisment

SKIP THIS

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

२० मंसिर , काठमाडौ । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ लाख ठगी गरेको आरोपितलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । झापा घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिब आचार्यलाई मंगलबार पक्राउ गरेको हो ।

उनले ४ जनालाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने बताएका थिए। त्यसबापत १२ लाख रुपैयाँ लाग्ने बताएका थिए । पोर्चुगलमा प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलब हुने फ्रुटकिपिङको काम लगाइदिने भनेर विश्वासमा लिएको एसपी रेग्मीले बताए ।

त्यसरी प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी २७ लाख लिएर सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो। वैदेशिक रोजगार विभागमा उजुरी परेपछि कार्यालयलाई पत्राचार गरिएको थियो।

प्रहरीले उनलाई पक्राउ गरी विभागको कार्यालयमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment