Comments Add Comment

Advertisment

SKIP THIS

शिक्षा क्षेत्र विकासका लागि बजेट कम हुन दिने छैन : मन्त्री पौडेल

शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा क्षेत्रको विकासका लागि बजेट कम हुन नदिने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको विद्यालय शिक्षा र नजितासम्बन्धी छलफल कार्यक्रममा मन्त्री पौडेलले शिक्षा मन्त्रालयमा प्रयाप्त बजेट बिनियोजन नभएपनि शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता जनाएका हुन्।

मन्त्री पौडेलले संघले छुट्टाउने एक नम्बरको बजेट शिक्षा कै भएको उल्लेख गरे। उनले सबै मिलेर नेपालको शिक्षा क्षेत्रको गुणस्तर बढाउँदै अन्तराष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए। उनले तीन वर्षभित्र विद्यालयको भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिए।

१० वर्षे शिक्षा सुधारको कार्ययोजनालाई कार्यान्वयन गर्न सवै जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ छ। उनले शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीलाई राज्यले उपेक्षा नगर्ने र नाफाको प्रतिशत कम लिएर सेवा दिनुपर्ने मान्यता रहेको बताए।

मन्त्री पौडेलले शिक्षा क्षेत्रको पछिल्लो रिपोर्ट हेर्दा केहि सच्चाउनुपर्ने अवस्था देखिएको पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै