Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिका पठाउने बहानामा साढे ३ करोड ठगी गरेको आरोपमा उज्वल खड्का पक्राउ

काठमाडौं– अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिने भन्दै उनले रकम उठाएर ठगी गरेको खुलेको छ।


मासिक ४ लाख तलब हुन्छ भन्दै प्रलोभनमा पारी २० जना पीडितहरूबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रूपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराउन भन्दै पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई रौतहट चन्द्रपुर नगरपालिका–४ चपुरबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै