Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस कैलालीको मतगणना सुरु

१६ फागुन , काठमाडौं । नेपाली कांग्रेस कैलालीको १४औँ अधिवेशनअन्तर्गत जिल्ला नेतृत्व चयनका लागि आइतबार सम्पन्न निर्वाचनको मतगणना सुरू भएको छ । निर्वाचन समितिका अनुसार दिउँसो साढे दुई बजेदेखि मतगणना सुरु भएको हो ।

निर्वाचनमा दुई हजार चार सय ८५ जनाले मतदान गरेका थिए । कांग्रेस कैलालीको जिल्ला अधिवेशनका लागि दुई हजार पाँच सय ७६ प्रतिनिधि छनौट भएका थिए । कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि नारायण भट्ट, प्रकाश बम र रामबहादुर कलेल प्यानलसहित निर्वाचनमा उत्रिएका छन् ।

पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा १८ फागुनमा दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताए । यसअघि सबै मत एउटैमा मिलाएर गण्ना गर्ने वा क्षेत्रगत रुपमा अलगअलग गण्ना गर्ने भन्ने विषमा विवाद हुँदा मत गणना हुन सकेको थिए ।

सभापतकिा उम्मेदवार नारायणदत्त भट्टले क्षेत्रगत रुपमा मतगणना गरिनुपर्ने माग गरेका थिए भने, बाँकी दुई जना प्रकाश बम र रामबहादुर कलेलले छुट्टाछुट्ट मत गणना गर्न नहुने अडान लिएका दिए । अहिले क्षेत्रगत रुपमा छुट्टछुट्टै मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

गोरखा १ को मतगणना सुरु

चितवन क्षेत्र नं ३ मा मतगणना सुरु

सल्यानमा मतगणना सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

३ बजे भित्र परिणाम आउने : मतगणना सुरु

पोखरा महानगरको मतगणना सुरु

गोरखा १ को मतगणना सुरु