Comments Add Comment

Advertisment

SKIP THIS

फरार अभियुक्त २३ वर्षपछि पक्राउ

२९ मंसिर काठमाडौ । लागु औषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले नवलपरासीबाट २३ वर्षपछि पक्राउ गरेको छ ।

प्रतापपुर गाउँपालिका–८ घर भएका ४१ वर्षीय त्रिलोकी केवटलाई मंगलबार पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी मनोज यादवले रातोपाटीलाई बताए ।

नवलपरासी जिल्ला अदालतले २०५५ फागुन १९ मा केवटलाई १ वर्ष कैद र ६ महिना जरिवाना हुने फैसला गरेको थियो । उनलाई अदालतले ५ हजार जरिवाना तोकेको छ ।

प्रतापपुर स्थित खैरेटवाबाट पक्राउ गरेर उनलाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको एसपी यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment