Comments Add Comment

बसपार्कमा अग्रिम टिकट लिनेको घुँइचो

१ असोज , काठमाडौँ । काठमाडौंको गंगबु नयाँ बसपार्कको टिकट काउण्टर टिकट लिनेको घुँइचो लागेको छ ।

दशैँका लागि घर जानेहरूलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुल्ला गरेसंगै बसपार्क क्षेत्रमा टिकट निलेको भीड लागेको हो । दशैँका लागि आजदेखि देशभरका विभिन्न स्थानमा जान सार्वजनिक यातायातको यात्रुलाई अग्रिम टिकट बुकिङ खुलेको छ ।

यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । विभागको बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै