Comments Add Comment

Advertisment

SKIP THIS

जबरजस्ती करणी आरोपमा बाल अनाथालयका अध्यक्ष र सचिव पक्राउ

२८ जेठ काठमाडौं । इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरेको हो ।

अध्यक्ष राजेन्द्र चौहान र सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ ।

राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने प्रहरीले जनाएको छ । चौहानमाथि आरोप लागेको बताइएपनि के आरोप लागेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै