उपसचिव बढुवाका लागि ३० जना सिफारिस -
Comments Add Comment

उपसचिव बढुवाका लागि ३० जना सिफारिस

१९ माघ ,काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिव बढुवाका लागि सिफारिस गरेको छ ।नेपाल प्रशासन सेवा र सामान्य प्रशासनतर्फका ३० शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको मन्त्रालयले जानकारी दिएको छ । बढुवा समितिको सोमबारको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा उक्त बढुवा सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

उपसचिव बढुवा सिफारिस हुनेमा चन्द्रबहादुर थापा, दीपककुमार आचार्य, महमद शेरे मुस्तफा, ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना, गौतमराज अमात्य, अम्मरराज जोशी र ओमप्रकाश महतो, रहेका छन् ।त्यस्तै, हरिप्रसाद गौतम, सुदर्शनराज पण्डित, सरस्वती पौडेल, कमला ज्ञवाली, ऋषिकुमार दाहाल, राजुप्रसाद न्यौपाने, टीकाराम वाग्ले र सूर्यप्रसाद दाहाललाई पनि बढुवा सिफारिस गरेको मन्त्रालयले जानकारी दिएको छ ।त्यस्तै, बढुवा सिफारिस हुनेहरुमा कृष्णप्रसाद पोखरेल, देवेन्द्रप्रसाद श्रेष्ठ, यज्ञराज जोशी, कुमार आचार्य, हिमालय बराल, कुमारबहादुर खड्का, खुमप्रसाद सुवेदी, शेषकान्त पौडेल, केशवप्रसाद अर्याल, जितेन्द्रजंग केसी, खगेन्द्र गिरि, दिनेश अधिकारी, बैकुण्ठराज गौतम र बालकृष्ण सुवेदी पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै