Comments Add Comment

Advertisment

SKIP THIS

रोमानिया पठाईदिन्छु भन्दै ठगी गर्ने ससिन थापालाई प्रहरीले पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रोमानिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका २ स्थायी घर भई हाल काठमाडौंको बाफल बस्‍ने २९ वर्षीय ससिन कुमार थापा रहेका छन् ।

 

उनले रोमानिया पठाइ दिन्छु भन्‍दै पीडितहरुबाट चार लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाफलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थापामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै