Comments Add Comment

Advertisment

SKIP THIS

बेलायतले लगाए पुटिनका छोरीहरु माथि प्रतिबन्ध

२६ चैत , काठमाडौं । युक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

पुटिनका छोरीहरुका साथै बेलायतले रूसी विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी माथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले एक प्रेस विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आजबाट क्रेमलिनको भित्री घेराको भव्य जीवनशैली थप लक्षित गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिन र उनका विदेशमन्त्री सर्गेई लाभरोभका छोरीहरूलाई प्रतिबन्ध लगाउने भएको छ ।”

राष्ट्रपति पुटिनकी छोरी क्याटरिना भ्लादिमिरोभना टिखोनोभा,मारिया भ्लादिमिरोभना भोरोन्सोभा तथा विदेश मन्त्री सर्गेई लाभरोभकी छोरी येकाटेरिना सर्गेइभाना भिनोकुरोभालाई यात्रा प्रतिबन्ध लगाउँदै उनीहरूको बेलायतमा रहेको र सम्पत्ति जफत गरिने निर्णयमा उल्लेख रहेको अमेरिकी समाचार संस्था एनपीआरले जनाएको छ ।

यसअघि गत बुधबार अमेरिकाले पनि पुटिनका छोरीहरुमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै