Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा एक जनाको सकुशल उद्धार

६ साउन , काठमाडौं । पर्सा जिल्लाको ठोरी गाँउपालिका २ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई ल्याएका एक जनाको सशस्त्र प्रहरीले असार ५ गते सकुशल उद्धार गरेको छ ।

एक जना व्यक्तिलाई सो खोलाले बगाई ल्याउँदै गरेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट उद्धार कार्यको लागि तत्कालै टोलीले खटिएको थियो ।

सशस्त्र प्रहरीले उद्धार गरेको अन्दाजी ३५ बर्षिय पुरुष व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य चौकी ठोरीमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै