Comments Add Comment

Advertisment

SKIP THIS

चिनियाँ राष्ट्रपतिद्वारा नौ देशका लागि नयाँ राजदूत नियुक्त

२६ जेठ , काठमाडौं । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रिय जनकांग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन ।

चीनको शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिए अनुसार नवनियुक्त राजदूतहरूमा सन हाइयानलाई सिंगापुरका लागि चिनियाँ राजदूतको जिम्मेवारी दिइएको छ भने झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ । त्यसैगरी, झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ ।

यसैगरी, झाङ यिमिङलाई संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिएको छ । वाङ सुइकुनलाई रुवान्डाका लागि राजदूत नियुक्त गरिएको छ भने लु शानलाई बुर्किना फासोका लागि राजदूत नियुक्त गरिएको छ ।

राष्ट्रपति सीले झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् भने झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् । त्यसैगरी, हान चुनलिनलाई रोमानियाका लागि राजदूत नियुक्त गरिएको छ भने वाङ टोङकिङलाई फिनल्यान्डका लागि राजदूत नियुक्त गरिएको छ भने जमैकाका लागि चेन दाओजियाङलाई राजदूत नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै