Comments Add Comment

Advertisment

SKIP THIS

२६ लागिन् अदिति

१४ असार , काठमाडौं । मोडेल अदिति बुढाथोकी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली फिल्ममा ‘कृ’ मार्फत नायिकाको पहिचान स्थापित गरेकी अदितिको दोस्रो फिल्म आउँदो भदौमा प्रदर्शन हुँदैछ । यिनै अदिति आज आफ्नो जन्मोत्सव मनाइरहेकी छिन् ।

उनी २५ वर्ष पुरा गरेर २६ मा लागेकी छिन् । ५ फित ५ इञ्च अग्ली अदितिले केही समय अगाडी मात्र इन्स्टाग्राममा २० लाख फलोअर्स प्राप्त गरिन् । सम्भवत नेपाली एक्ट्रेसको यतिको फ्लोअर्स सामाजिक सञ्जालमा छैनन् । नेपाल र भारतमा समेत फ्यान कमाएकी अदिति बलिउड छिर्ने कसरतमा छिन् । तर, उनी सफल भएकी छैनन् ।

मुम्बई बसेर मोडलिङमा सङ्घर्ष गरिरहेकी अदितिले आफ्नो गतिविधिलाई सामाजिक सञ्जालमा अपडेट गर्ने गरेकी छिन् । सामाजिक सञ्जालमा बोल्ड फोटो पोष्ट गरेर सधै नै चर्चामा आउने अदितिलाई सामाजिक सञ्जालमा फ्लो गर्नेको सङ्ख्या राम्रै छ। सामाजिक सञ्जालकै कारण उनले नेपाली फिल्म ‘कृ’ मार्फत एक्ट्रेसको रुपमा डेब्यु गर्ने मौका पनि पाएकी थिइन् । यद्यपि डेब्यु फिल्ममै उनले सफलता पाउन सकिनन् । सामाजिक सञ्जालमा देखिएको क्रेज हलमा नदेखिँदा निर्माताले लगानी सुरक्षित गर्न सकेनन् । फलतः दोस्रो फिल्मका लागि उनको पर्खाइ निकै भयो ।

केही सामान्य ब्यानरका फिल्महरू अफर भए पनि उनले खोजेको ब्यानरले फिल्ममा अफर गरेनन् । त्यस कारण लामो समय पश्चात् उनकै होम प्रोडक्सन मार्फत निर्माण गरिएको फिल्म ‘बाबरी’ मा उनले काम गरेकी छिन् । उनले खोजे जस्तो फिल्म नपाएपछि आफ्नै लगानी गरेको फिल्मको सार्वजनिक शिर्ष गीतले दर्शकको साथ पाइसकेको छ। यो फिल्म स्फाल बनाउन उनका इन्स्टामा रहेका नेपाली फ्यानहरू हलसम्म आउँछन् या आउँदैनन् ? यो भने आउँदा दिनले नै बताउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै