Comments Add Comment

Advertisment

SKIP THIS

भालुको आक्रमणबाट युवती गम्भीर घाइते

६ पुष काठमाडौ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट छन् ।

बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए। उनका अनुसार बिष्टको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

भालुले आक्रमण गर्दा उनी भिरबाट करिब ५० मिटर तल खसेकाले थप चोट पुगेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment