Comments Add Comment

Advertisment

SKIP THIS

बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

२५ माघ , काठमाडौ । बूढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट रहेका छन् ।

सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment