Comments Add Comment

कटुवा पेस्तोल सहित १ जना पक्राउ

३० असोज , काठमाडौँ । सवैला नगरपालिका-१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोल १ थान सहित सिरहा गोलबजार नगरपालिका-७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र.२-०१-००२ प.३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरले प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोला सहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

ब्राउन सुगर सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

पेस्तोलसहित १ जना पक्राउ