१७ माघ , काठमाडौं । मिति २०७८/१०/१५ गते अं.१८:३० बजेको समयमा काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नं.५ स्थित फर्पिङ चेक पोष्टमा विभिन्न सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा गौरबाट काठमाण्डौ आउँदै गरेको ना १ ज ४३७१ नं. को टाटा सुमोलाई चेकजाँच गर्दा उक्त गाडीको पछाडीको डिक्कीमा रहेको कालो झोलामा लुकाई छिपाई ल्याइएको निम्न परिमाणको लागु औषध फेला पारी लागु औषध सहित जिल्ला रौतहट ईसनाथ न।पा। वडा नं.४ घर भई हाल काठमाण्डौ कलंकी बस्ने वर्ष २२ को अखवर भन्ने जफर अलीलाई नियन्त्रणमा लिई मिति २०७८।१०।१६ गते सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन-५ को म्याद अनुमति लिई महानगरीय प्रहरी बृत्त, कीर्तिपुरबाट थप अनुसन्धान भई रहेको ।
क) पक्राउ परेका व्यक्ति:-
१) जिल्ला रौतहट ईसनाथ न.पा.वडा नं.४ घर भई काठमाण्डौ कलंकी बस्ने वर्ष २२ को अखवर भन्ने जफर अली ।
ख) बरामद भएका लागु औषध:-
क्र.सं. लागु औषध एम्पुल
१) फेनारगन ४३८ एम्पुल
२) डाइजेपाम ४३९ एम्पुल
३) नुफिन ४४४ एम्पुल
जम्मा १३२१ एम्पुल



