Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिका लैजान्छु भन्दै मानव बेचबिखनमा संलग्न १ जना पक्राउ

२९ पुष, काठमाडौ । अमेरिका लैजाने प्रलोभन देखाई मानव बेचविखनमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुधा देबकोटा रहेकी छन् । प्रहरीले उक्त कार्यमा सुधाका श्रीमान् मुक्तिनारायण के सीको पनि संलग्नता रहेको पुष्टि गरेको छ । के सी भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले अमेरिका लैजाने सपना बाँडेर एक व्यक्तिबाट उन्नाईस लाख दश हजार नगद उठाएको र अर्को व्यक्तिबाट पन्ध्र लाख नगद लिएको खुल्न आएको छ ।

के सी दम्पतीले एक व्यक्तिलाई अमेरिका लैजाने भन्दै ईथोपियाको बोले भन्ने सहरमा पुर्याएको थिए । त्यहाँ साँढे ३ महिना बन्धक बनाई राखेको पीडितपक्षले प्रहरीसमक्ष उजुरी दिएको प्रहरी जनाएको छ । त्यस्तै अर्को पीडितपक्षलाई सन् २०१९ फेब्रअरीमा अमेरिका लैजाने भन्दै इन्डोनेसियाको जार्काता पुर्याएर ७ महिनासम्म शारिरीक तथा मानसि यातना दिएको खुलेको छ । उनीलाई इन्डोनेसियाको प्रहरीले जाकर्ताको इमिग्रेसन बाट प्रक्राउ गरेर नेपाल फर्काएको थियो ।

सोही आधारलाई मध्यनजर गर्दै मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले देवकोटालाई तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीबाट पक्राउ गरेको थियो ।

अनुसन्धानपछि काठमाण्डौँ जिल्ला अदालतको आदेश अनुसार देबकोटालाई पुर्पक्षको लागि जगन्नाथदेवल कारागारमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

साथीको हत्यामा संलग्न १ जना पक्राउ