Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली डीएसपी:इन्सपेक्टर र जवान बनेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ

२७ फागुन ,काठमाडौ । काठमाडौँ उपत्यकाभित्र नक्कली इन्सपेक्टरदेखि डीएसपी बनेर लुटपाट गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठामाडौं कोटेश्वरका २६ वर्षीय रावि शाही, सिरहाको सुखनीपुर नगरपालिका–४ का २१ वर्षीय राजिव महतो, काठमाडौं–३२ का ३९ वर्षीय सन्जिव बुढाथोकी, राजु भनिने वीरेन्द्रकुमार लिम्बु छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा आफू प्रहरीको डीएसपी, इन्सपेक्टर भएको बताउँदै लुटपाट गर्दै आएका थिए।

एसएसपी गिरीका अनुसार लिम्बुले आफूलाई प्रहरीको डीएसपी भएको बताउँथे भने बुढाथोकीले इन्सपेक्टर । बाँकी २ जना भने सिपाही बनेर सर्वसाधारणलाई धम्क्याउँदै कुटपिट गर्दै लुटपाट गर्ने गरेको पाइएको छ ।

पक्राउ परेका उनिहरूलाई बानेश्वर प्रहरी वृत्तको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी परिसर स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै