Comments Add Comment

Advertisment

SKIP THIS

दाहालको नेतृत्वमा आयो नयाँ टेलिसिरियल ‘टुल्के दाइ’(भिडियो)

२ मंसिर , काठमाडौं । पछिल्लो समय शिरिज वा टेलिसिरियल बजारमा धेरै सार्वजनिक भएका छन् तर टिक्न भने सकेका छैनन् । बजारिकरणको अभाव होकि राज्यले कलाकार प्रति चासो नदिएको हो ।

यसैबीच, निर्देशक तथा कलाकार सरोज दाहालले नयाँ टेलिसिरियल ल्याउने भएका छन्। उनको निर्देशनमा आगामी मंसिर १५ गतेबाट प्रसारणमा आउने ‘टुल्के दाइ’ नामक टेलिसिरियलको शुक्रबार प्रोमो रिलिज गरिएको छ।

रिलिज गरिएको ३ मिनेट लामो प्रोमोमा सामाजिक एवम् पारिवारिक कथावस्तुलाई देखाइएको छ। प्रोमोले नै पूरा टेलिसिरियल कस्तो बन्ला ? भनेर कौतुहलता जगाएको छ। ‘टुल्के दाइ’को क्यारेक्टरमा बाबुराम शाक्य रहेका छन्।

बिएम पिक्चर्सको प्रस्तुतिमा यो सिरियल निर्माण गरिएको छ। मायादेवी श्रेष्ठ, सरोज दाहाल, रश्मि भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाईका बस्नेत लगायतका कलाकारहरुको अभिनय सिरियलमा रहनेछ।

सिरियलमा बाबुराम शाक्यको कथा र सौरभ दवाडीको पटकथा रहेको छ। अनिल जिसीले सिरियल खिचेका हुन्।भने, मुकेश हमालले सम्पादन गरेका छन्। सिरियल ‘टुल्के दाइ अफिसियल’ नामक युट्युब च्यानलबाट रिलिज हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै