Comments Add Comment

Advertisment

SKIP THIS

पुरानो, खुइलिएको वा च्यातिएको फोटोलाई नयाँ बनाउनु पर्‍यो ? यसो गर्नुहोस्

२२ साउन , काठमाडौं । हामीसँग भएका हरेक तस्वीरमा याद गुम्सिएर बसेको हुन्छ । बाल्यकालमा खिचिएका फोटोमा त झन् आधा जुनी नै कैद हुन्छ । हामीसँग भएका केही फोटो पनि श्यामश्वेत रङ्गमा हुन्छन्, जसमा आफ्नो वा आफ्ना कसैको अनुहार चिन्न पनि सकस परेको हुन्छ ।

आफ्ना त्यस्ता फोटो अहिले जस्तो उच्च गुणस्तरमा भइदिएको भए कस्तो हुन्थ्यो भन्ने चाहना हामी सबैको हुन्छ । कतिपय अवस्थामा प्रिन्ट गरिएका पुरानो फोटो पनि केरमेट भएर बिग्रिएका हुनसक्छन् ।

आज हामी त्यस्तो वेबसाइटको बारेमा जानकारी दिँदै छौँ, जसले कम गुणस्तर भएका फोटोको गुणस्तर बढाउन र बिग्रेका फोटोलाई एउटै क्लिकमा सुधार्न सघाउँछ ।

-त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक/ट्याप गरी बेसटेनको साइटमा जानुहोस् ।

-त्यसपछि स्क्रोल गर्दै तल गएपछि चुज फाइल लेखिएको बक्स देखिन्छ ।

-त्यसमा क्लिक गरी ग्यालरीबाट आफूले गुणस्तर बढाउन चाहेको फोटो छान्नुहोस् ।


-त्यसपछि अपलोड हुन दिनुहोस् । अपलोड भइसकेपछि छेउको रिस्टोर फोटोमा क्लिक गर्नुभयो भने फोटोको गुणस्तर बढ्ने प्रक्रिया सुरु हुन्छ ।


-त्यसपछि तल रहेको डाउनलोड द रिस्टोर्ड इमेज (Download the restored image) मा क्लिक गर्नुहोस् ।

-त्यसपछि राइट क्लिक गर्नुभयो भने (स्मार्टफोनमा लामो समयसम्म दबाइराख्ने) सेभ इमेज एजको अप्सन देखिन्छ । त्यसमा क्लिक गरेर सजिलै उच्च गुणस्तरको फोटो डाउनलोड गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै