Comments Add Comment

Advertisment

SKIP THIS

चन्द्रागिरी नागढुङ्गाबाट अवैध लागूऔषध सहित १ जना पक्राउ

१७ पुष , काठमाडौ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ९ सय ट्याबलेट र कोरेक्स ५ बोतल सहित काभ्रे भुम्लु गाउँपालिका-६ बस्ने २१ वर्षीय छिरिङ् लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले बरहथवा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ९००४ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।

 

१७ पुष , काठमाडौ । सिन्धुली- सुनकोशी गाउँपालिका-६ कानढुग्रेबाट नियन्त्रित लागूऔषध एकसय एमएलको कोडिन फोस्फेट ४ सय एमएल, नाइट्राजेपाम ४४ ट्याब्लेट र सम्पास्मो प्रोक्सभिन १४ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका-९ बस्ने २२ वर्षीय धिरज ठाकुर र सोही नगरपालिका-९ बस्ने २६ वर्षीय सर्वन साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ८८८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै