०६ फाल्गुन , काठमाडौं । काठमाण्डौँको चन्द्रागिरी नगरपालिका वडा.नं. २ नागढुंगा चेकप्वाइन्टमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बीरगञ्जदेखि काठमाण्डौतर्फ आउँदै गरेको बा ४ ख ५०१७ नम्बरको यात्रुबाहक बसमा सवार पर्सा बीरगञ्ज बस्ने बर्ष २४ को सागर पटेलको साथबाट प्रहरीले DIAZEPAM २४६ एम्पुल ,NOOPHIN,२४६ एम्पुल,PHENERGAN २४६ एम्पु प्रतिवन्धित लागु औषध सहित नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका एसपी दिनेश मैनालीले बताए ।

घटनाका सम्बन्धमा काठमाण्डौ जिल्ला अदालतबाट दिन ५ को म्याद थप लिई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धन भई रहेको बताए ।





