
२ असोज ,काठमाडौ । ईलाका प्रहरी कार्यालय जयनगर, बर्दिया दरवन्दी भई कर्णाली प्रदेश कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक नारायण प्रसाद शर्मा श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।


विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याकउनुको साथै यस कार्यालयको मातहत जिल्लाहरु समेतमा अपराध नियन्त्रण, लागू औषध बरामद र फरार प्रतिवादी पक्राउ गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको थियो ।


आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले यस कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक नारायण प्रसाद शर्मालाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल श्रावण “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।






