Comments Add Comment

Advertisment

SKIP THIS

१५ लाख घुससहित बनेपा-९ का वडाध्यक्ष नृपेश बादेलाई अख्तियारले पक्राउ

काठमाडौं– काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष १५ लाख घुससहित पक्राउ परेका छन्। वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई अख्तियारले बुधबार घुससहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंकालबाट खटिएको टोलीले वडाध्यक्ष बादेलाई १५ लाख घुस लिइसकेको अवस्थामा भक्तपुरको गट्ठाघरबाट नियन्त्रणमा लिएको हो।

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रकम लिइसकेपछि उनलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

साथै उनीसँग आएको बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटार स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानसमेतलाई गाडीसहित नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै