Comments Add Comment

Advertisment

SKIP THIS

खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

२१ जेठ , काठमाडौं । दाङमा खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दै गरेको अबस्थामा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले ६ वटा प्लास्टिकको टुक्रामा राखेको २ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment