१८ कात्तिक, काठमाडौं । सालको गोलिया काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पर्सागढी नगरपालिका–९ तेलिया बस्ने २८ वर्षीय अंगद चौधरी र २५ वर्षीय सन्तोष पासवानलाई पक्राउ गरेको हो ।
चौधरीले चलाएको बा ११ प ५००८ नम्बरको मोटरसाईकलको बीचमा काठ राखेर पासपान पछाडी बसेका थिए । ३.५ फिट लम्बाई, ३.५ फिट मोटाई भएको सालको गोलिया काठ चोरी तस्करी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि शुक्रबार मनवा सव–डिभिजन वन कार्यालय सखुवनियामा बुझाईएको प्रहरीले जनाएको छ ।








