२० माघ , काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपाललाई बधाई दिएको छ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पूर्ण खोप खोप १८ बर्ष उमेर समुहका ८० प्रतिशतले लगाएकोमा डब्लुएचओ नेपालले बधाई दिएको हो ।
‘बधाई छ नेपाल । महत्वपूर्ण कोसेढुङ्गोमा पुग्नु भएकोमा १८ बर्ष उमेर समूकाले अब पूर्ण ( कोभिड-१९) खोप पाठ्यक्रम प्राप्त गरेको छ’, डब्लुएचओले भनेको छ ।
नेपालमा एक वर्षभित्र १८ वर्षमाथिका ७० प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्रका अनुसार २०७७ माघ १४ गतेदेखि सुरु भएको खोप अभियान एक वर्ष बित्दा १८ वर्षमाथिका ७० प्रतिशतले लगाउन पाएका हुन् ।
१८ वर्षमाथिका ८३ प्रतिशतले कम्तीमा एकमात्रा खोप लगाइसकेका छन् । मिश्रले कुल जनसंख्याको ५४.४ प्रतिशतले एकमात्रा खोप लगाएका छन् । कुल जनसंख्याको ४६.१ लाई पूर्णमात्रा खोप दिइएको छ।
सरकारले पछिल्लो पटक दुई मात्रा खोप लगाइसकेका अग्रपंक्तिका र जेष्ठ नागरिकहरुलाई अतिरिक्त मात्रा पनि दिइरहेको छ ।


