Comments Add Comment

Advertisment

SKIP THIS

बालाजुबाट फाइन गोल्ड लेखिएको धातुसहित चार जना पक्राउ

३१ भदौ , काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनजस्तो देखिने धातुसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर-१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ का ३१ वर्षीय विशुराम थपलिया, दोलखाको बिगुल गाउँपालिका-५ घर भइ भक्तपुरको नयाँ ठिमी बस्ने ३० वर्षीय भीमसेन विक, लाजिम्पाट बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरीको सितापुर गाउँपालिका-८ इटहरूवा घर भइ जोरपाटी बस्ने ३४ वर्षीय दिलिपकुमार चौधरी छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुबाट सुनजस्तो देखिने धातुसहित पक्राउ गरेको हो। बालाजु एरियामा सुनजस्तो देखिने धातु देखाएर ठगी भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोली खटिएको थियो।

टोलीले उनीहरूको साथबाट युपेङ्ग गोल्ड १ किलो फाइन गोल्ड ९९९.९ वाइ १८५२७० लेखिएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरी वृत्त बालाजु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment