जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ -
Comments Add Comment

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२४ पुष , काठमाडौं । टोखा नगरपालिका-९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५२ वर्षीय पुष्प बहादुर खड्का लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७० हजार रुपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds