२५ माघ, काठमाडौं । वाग्मती प्रदेशसहित देशका धेरै स्थानमा आज मौसममा बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
प्रदेश–१ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।





