Comments Add Comment

Advertisment

SKIP THIS

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२ भदौ काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले आइतबार बिहान देशभर साधारणदेखि पूर्ण बदली भएको छ ।

बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एकरदुई स्थानमा दिउँसो मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको हुने पूर्वानुमान छ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment