Comments Add Comment

Advertisment

SKIP THIS

जुवा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका–६ नयाँबजार गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना छन् । उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठको घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ४२ हजार रूपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटासहित पक्राउ गरेको हो ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment