Comments Add Comment

Advertisment

SKIP THIS

घरायसी विवादका क्रममा कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ

सिराहाको गोलबजार नगरपालिका– १० डन्डाटोलमा घरायसी विवादका क्रममा कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ।

घरायसी विवादको क्रममा १८ वैशाखको राति करिब १० बजेतिर डन्डाटोलस्थित आफ्नै घरमा ५१ वर्षीय चन्दर यादवलाई उनका छोरा करिब २४ वर्षीय रञ्जन भनिने जितेन्द्र यादवले कुटपिट गरी गम्भीर घाइते बनाएपछि उपचारको क्रममा तीन दिनपछि २१ वैशाखको राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार आफ्नै बाबुलाई कुटपिट गरी गम्भीर घाइते बनाएको सूचना प्राप्त भएलगत्तै गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो।

कुटपिटपछि उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएपछि प्रहरीले मृतकको शव कोशी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गर्न पठाई छोराविरुद्ध जिल्ला अदालतबाट २० वैशाखदेखि लागू हुने गरी पहिलोपटक सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै