४ फागुन , काठमाडौ । एक दैनिकीमा शंकर तिवारीद्वारा लिखित लरबरिएको राजनीति र निकासको उपायू शीर्षक लेख हेरेर केही प्रतिकृया दिन मन लाग्यो ।
उनले अहिलेको बर्तमान राजनीतिक अवस्थालाई २०४६ साल पछिको घटनाक्रममा त्यसभन्दा यता भएका चुनाव, विभिन्न दलले प्राप्त गरेका मतपरिणाम, सरकारमा जाँदा र प्रतिपक्षमा बस्दाको रवैया, हाल उदय भएका नयाँ शक्तिहरु बिबेकशील साझा पार्टी, रास्वपा, पुरानो पार्टी राप्रपा आदिको राजनीतिक संस्कार तथा उनीहरुको प्रकृयात्मक राजनीतिक चरित्रवारे औंल्याएका छन ।
उनको लेखाईमा बिगतमा विभिन्न दलका नेताहरु मिलेर सरकार बनाउँदाको राजनीतिक अवस्थावारे चित्रण गरेको पाइयो । तर प्रजातन्त्र र गणतन्त्र आएपछि पनि देशमा आर्थिक उन्नति तथा सामाजिक क्षेत्रमा भएको केही सुधारलाई भने इन्कार गर्न नमिले पनि राजनीतिक क्षेत्र अझै स्थिर हुन सकेको छैन । भ्रष्टाचारको एकचिम्टी धुलो पनि झार्न सकिएको छैन ।
देशको अर्थतन्त्र टाट पल्टिने अवस्था छ । ब्यपार ब्यसाय गर्ने युवाहरु आर्थिक रुझान र बैंकको चर्को ब्याजदरका कारण कि बिदेश पलायन हुने, कि आत्महत्याको बाटो रोज्न बाध्य छन । आर्थिक तथा राजनीतिक क्षेत्रमा दलाली प्रवृत्तिको हावी अझै रोकिएको छैन ।
यी सवै कुकृत्य उब्जाउनकै लागि लेखकको भनाई अनुसार के बिपरित राजनीतिक सिद्वान्तमा अडिग भएका दलहरु अर्थात टाउकाको मूल्य तोक्ने र तोकिनेकै सहकार्य ठीक हो त रु यदि त्यो सही थियो भने बर्तमान राजनीतिक अवस्थावारे थाह हुँदाहुँदै पनि अस्थीर राजनीतिका पात्रहरु किन बालकोट गए त ? अनि संधै शक्ति, भक्ति, पद र प्रतिष्ठामा रमाउन खोज्ने तर बिकासको एजेन्डालाई उपेक्षित गर्ने कांग्रेस प्रतिपक्ष दलको हैसियतमा बस्नै नसक्ने हो र रु केपीको राजनीतिक चरित्रवारे थाह पाउँदा पाउँदै अहिले टुटाउँदा ठीक हुने मन्सायले लेखकले जुन मन्साय राख्नु भयो , पहिलाको लगनगाँठो फुत्किंदा किन सुझाव दिनुभएन ?
यस्ता लेख रचनाले के अस्थीर राजनीतिको भुइँचालो साम्य होला रु बिगतमा यिनै पात्रहरुको प्रवृत्ति धेरै देखियो तर देशले निकास पाउन भने सकेन । अझै हामी बिदेशीको सन्जिवनी बुटि केलाएर बस्न बाध्य हुने कहिले सम्म ?
तसर्थ बर्तमानमा लरबरिएको राजनीतिक अस्थीरताको समाधान वा निकास पूरानो गठजोडको सत्तारोहण मात्र बिकल्प होइन ता कि, तपाइँहरुजस्ता बिद्वानहरुको निष्पक्षताको संकल्प पनि हो ।