क्यालिफोर्नियाको मरूभूमिमा अमेरिकी मरिन कोरको विमान दुर्घटनाग्रस्त -
Comments Add Comment

क्यालिफोर्नियाको मरूभूमिमा अमेरिकी मरिन कोरको विमान दुर्घटनाग्रस्त

२६ जेठ , काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा लडाकु विमान दुर्घटनामा परेको छ ।

अमेरिकी फौजको मरिन कोरमा तैनाथ भी २२ ओस्प्रे लडाकु विमान दक्षिणी क्यालिफोर्नियाको मरूभूमिमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ ।

प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन् ।

क्यालिफोर्नियाको सान डिएगो सहरबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा रहेको राजमार्ग ७८ र ग्लामिस सहर नजिकै दुर्घटनाग्रस्त भएको नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको छ ।

यसअघि सो विमानमा आणविक सामग्री भएको हुनसक्ने चिन्ता उत्पन्न भएको थियो तर मरिन कोरले पछि प्रतिक्रिया दिदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै