Comments Add Comment

Advertisment

SKIP THIS

इमानदारीपूर्वक काम गर्ने हो भने इमानदारीपूर्वक काम गर्ने हो भने माओवादी कम्युनिष्टहरुकै पहिलो शक्ति बन्छ : अध्यक्ष दाहाल : अध्यक्ष दाहाल

३० भाद्र , काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भए जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि नै गुम्न सक्ने बताएका छन् ।

बिहीबार पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दावी गरेका हुन् । उनले आन्तरिक व्यवस्थापनमा सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने समेत बताए ।

उनले भने, ‘व्यक्तिगत हितभन्दा पनि पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने आसन्न निर्वाचनमा माओवादी कम्युनिस्टहरुमध्ये पहिलो शक्ति बन्छ ।’

माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव नभएको समेत उनको भनाइ थियो । ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र यो सम्भव भएको हो’ प्रचण्डले भने ।

प्रचण्डले जनमत माओवादीकै पक्षमा भएपनि आन्तरिक व्यवस्थापन गर्न नसक्दा तराई मधेसमा स्थानीय तह निर्वाचनका क्रममा अपेक्षाअनुसार उपलब्धि हुन नसकेको बताए ।

विधिसम्मत र प्रक्रियागत ढंगले उम्मेदवार खडा गरिसकेपछि त्यस्तो उम्मेदवारलाई व्यक्तिको रुपमा नहेरेर पार्टीको रुपमा हेर्नुपर्ने बताउँदै उनले भने, ‘सवाल पार्टीलाई जिताउने कि हराउने भन्ने हो, कुनै अमुक व्यक्तिलाई हराउने या जिताउने भन्ने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै