गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले पनि सम्बन्ध विच्छेद गरे -
Comments Add Comment

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले पनि सम्बन्ध विच्छेद गरे

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच कानूनीरुपमै सम्बन्ध विच्छेद भएको छ ।

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् । ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् ।

अदालतको वेबसाइटमा उनीहरुबीच सम्बन्ध विच्छेदको मिलापत्र भएको उल्लेख छ । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको जनाइएको छ ।

२०७७ सालमा दुईबिच कोर्ट म्यारिज भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै