बेसहाराहरुको सहारा दिने को त ? -
Comments Add Comment

बेसहाराहरुको सहारा दिने को त ?

८ पुष , काठमाडौ । समयले मानिसलाई कहाँ पुर्याउँछ थाह छैन । एक जमानामा निकै बुद्दिजीवी भनेर कहलिएका यी ब्यक्तिको जीवन आज आँधी हुरी, धुलो मैलो, हिलोसँगै मडारिएको छ । जीवनको गन्तव्य कहाँ हो थाह छैन ! तैपनि यो पापी संसारमा बाँच्नु परेको छ ! नचाहाँदा नचाहाँदै पनि समयको भेलसँगै हिड्नु, डुल्नु , हाँस्नु परेको छ ।

अन्य बिकशित देशमा यस्ता बेसहाराको सहारा सरकार हुन्छ तर नेपालमा यिनीहरुको जीवनको संवेदना कसले बुझ्ने ?

तसर्थ अब गठन हुने सरकार यी अनाथहरुको सहारा बनोस, भरपेट थेग्ने गाँसको बहार बनोस, पहिलो प्राथामिकता शिक्षा र स्वास्थ्य बनोस ता कि, धनीको छोरो बाध्यताले बनेको डाक्टर र गरिबका सन्तान अस्पत्तालको बेडमा उपचार नपाएर चिच्याइरहेका ती कारुणिक रोदनको वास्तविक कथा बुझ्न सकुन ! अन्य देशहरु हरेक क्षेत्रमा कहाँ पुगे तर हाम्रो देशमा भने सत्ताको खेलले राष्ट्रपति, प्रधानमन्त्री को हुने भन्नेमा तिक्तता चलिरहेको छ ।

भनिन्छ नि, ” जुन मान्छेले अभाव र दवावमा पनि आफ्नो साथीप्रतिको स्वभाव परिवर्तन गर्दैन त्यस्तो मान्छेको संगत कहिलै नछोड्नु ! “तर ” चिसिएको हिंउलाई तताउन त्यति गाहो हुदैन जति चिसिएको सम्बन्धलाई तताउन हुन्छ ! “

थाम्न गाह्रो रिसको आवेग, कहिल्यै नफकिॅने खोली, वोली र गोली । यसमा खोली थाम्न सके विजुली सप्रन्छ, वोली थाम्न सके जीवन सप्रिन्छ, गोली थाम्न सके देश सुध्रिन्छ । तसर्थ कुनैपनि कार्य गर्नुपर्यो भने पहिला आफ्नो मुटु छाम्नु अनि मात्र सोच विचार गर्नु उपयुक्त हुन्छ । अन्यथा परिणाम भंयकर हुन सक्छ ।

भरसक भंयकर परिणामको कारक तत्व आफू हुनुहुँदैन । यस्ता कुराहरुप्रति ध्यान दिइ यी सहाराबिहीनहरुको सहारा सरकार बन्यो भने मात्र असली प्रजातन्त्रको छनक जनताले पाउनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds