Comments Add Comment

गाई गोरू चोरी निकासीमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

२१ कात्तिक, काठमाडौं । प्रसौनी गाउँपालिका-५ प्रस्टोका टोलबाट अवैध रुपमा १२ वटा गाई गोरू चोरी निकासी गरिरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका-४ बस्ने २० वर्षीय ईसलाम अंसारी सहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

हरपुरबाट भारततर्फ गाई गोरूहरू चोरी निकासी गरी लैजाँदै गरेको भन्ने सूचानाको अधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाई गोरू चोरी निकासी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment