रोटरी क्लब पशुपती काठमाण्डौले ५ हजार थान N 95 मास्क ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज दिउसो २ बजे आयोजित एक कार्यक्रमका बीच रोटरी क्लबले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीलाई उक्त मास्क हस्तान्तरण गरेको हो ।
सडकमा खटिने ट्राफिक प्रहरीको स्वास्थ्यलाई मध्यनजर गर्दै धुलो धुँवाबाट जोगाउनुका साथै कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागी सहयोग पुग्ने उदेश्यले मास्क वितरण गरेको रोटरी क्लब पशुपतीले जनाएको छ । ट्राफिक प्रहरीलाई मास्क वितरण गरी सहयोग गरेकोमा रोटरी क्लब पशुपतीलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।





