काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका सुरेशकुमार श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

श्रेष्ठ नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले एसएसपीबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा भएका थिए ।

दक्षिण सुडानको जुवामा मेडल परेड कार्यक्रममा सहभागी भएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सोही ठाउँमा संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको रुपमा कार्यरत रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।







