३० जेठ , काठमाडौं । काठमाडौंको कोटेश्वरबाट कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। वन्यजन्तुको अवैध कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका-९ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला छन्। आइतबार राति पौने ८ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा वन्यजन्तुको अवैध कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनापछि प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूबाट १० वटा कछुवाका बच्चा बरामद गरेको छ। तीन वटा मोबाइल र एउटा बा ९९ प ४९४४ नम्बरको बाइक पनि बरामद गरेको छ। प्रहरी प्रभाग कोटेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।
कोटेश्वरबाट १० वटा कछुवाका बच्चासहित दुई जनालाई प्रहरीले पक्राउ
प्रकाशित मिती : २०७९ जेठ ३० गते , सोमबार
० प्रतिक्रिया
छुटाउनुभयो कि? सबै
अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ
२०७८ चैत्र २९ गते , मंगलबार
बाराबाट गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ
२०७९ श्रावण २२ गते , आइतबार
सालको गोलिया काठसहित दुई जनालाई प्रहरीले पक्राउ
२०७९ कात्तिक १८ गते , शुक्रबार
खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ
२०७९ जेठ २१ गते , शनिबार



