Comments Add Comment

Advertisment

SKIP THIS

मेयर बालेन शाहलाई असफल बनाउनु हुँदैन : कमल थापा

३१ साउन , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरमेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्।

सोमबारदेखी जारी केन्द्रीय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत काठमाडौँका मेयर शाहलाई असफल नबनाउन आग्रह गरेका हुन्। उनले मेयर शाहले पनि एक वर्ष भित्र फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउनु पर्नेमा जोड गरेका छन् ।

‘काठमाडौँका मेयर केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ। फोहोर मैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो। त्यसबारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ’ थापाले लेखेका छन्, ‘त्यतिञ्जेल विगतमा झैँ सबैले हर सम्भव सहयोग गर्नुपर्छ। फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै