Comments Add Comment

Advertisment

SKIP THIS

टाइगरको फिल्म कृतिसँगै नोरा

३ साउन , काठमाडौँ । बलिउडका फिट अभिनेता टाइगर श्राफले नयाँ फिल्म ‘गणपति’ को तयारीमा छन्। एक्सन फिल्म मार्फत फ्यान कमाएका टाइगर यसमा त्यस्तै भूमिकामा छन् । उनले फिल्ममा आफ्नै डेब्यु को-स्टार कृति सेननसँग काम गर्दैछन् ।

फिल्मलाई दुई भागमा ल्याउने भएका हुँदा यसको पहिलो भागमा टाइगर र कृतिसँगै नोरा फतेही पनि देखिनेछन् । बासु भगनानीको निर्माण तथा विकास बहलको निर्देशनमा तयार हुने फिल्म एक्सन ड्रामा हुने भनिएको छ । फिल्ममा नोराको भूमिकालाई खुलाइएको छैन । यद्यपि टाइगरसँगै नोरा देखिने चर्चाले फ्यान उत्साहित छन् ।

पछिल्लो समय बलिउडमा आइटम क्विनको उपाधि समेत पाएकी हटकेक नोरा यति बेला प्राय निर्माता तथा निर्देशकको रोजाइमा पर्दै आइरहेकी छिन् । फिल्मसँग जोडिएको सदस्यले फिल्ममा नोरा केवल पहिलो भागमा हुने बताएका छन् । नोरा आइटम डान्स मार्फत बलिउडमा स्थापित भएकी अभिनेत्री हुन् । टाइगर र नोराको स्वभाव उस्तै भएकोले दर्शक उत्साहित छन् ।

फिल्म आउँदो वर्ष सन् २०२३ मा प्रदर्शनमा आउने छ । पछिल्लो समय एकपछि अर्को फिल्ममा आलोचना खेपिरहेका टाइगरलाई फिल्मले राहत दिने विश्वास निर्माण पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै