Comments Add Comment

Advertisment

SKIP THIS

सीमा नाकामा हुने अवैध तस्करी नियन्त्रणमा : प्रहरी महानिरीक्षक शैलेश थापा

२९ साउन ,काठमाडौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । 

प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको शुक्रबार अवलोकन भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख तथा प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिँदै उनले रोल मोडलका रुपमा उभ्भिन र अरुलाई उभ्याउनुुपर्ने बताए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रमाणमुखी अनुसन्धान कार्य, जघन्य प्रकृतिका मुद्दा तथा संवेदनशील वर्गमा हुने अपराधहरुमा थप चनाखो भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

हिरासत व्यवस्थापनतर्फ विशेष ध्यान दिनुपर्ने बताउँदै सीमा नाकामा हुने अवैध तस्करी नियन्त्रणमा समेत संवेदनशील भई कार्य गर्न उनले निर्देशन दिए ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणतर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण लगायत कार्यमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताए।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले समग्र प्रदेशको बारेमा प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ–आफ्नो जिल्लाको बारेमा प्रस्तुतीकरण दिए ।

महानिरीक्षक थापा क्षेत्रीले २ नम्बर प्रदेशका ८ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तर्क्रिया समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै