वडा प्रहरी नेपालगन्जले तस्करको सातो खादै भन्सार छलीको अवैध सामानहरु धमाधम पक्राउ -
Comments Add Comment

वडा प्रहरी नेपालगन्जले तस्करको सातो खादै भन्सार छलीको अवैध सामानहरु धमाधम पक्राउ

३० पुष , काठमाडौं । नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क स्थित वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको विशेष प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएको सामान बरामद गरेको हो ।

वडा प्रहरीले उलनको कुर्ता सुरुवाल १६३ थान, उलनको सल ११४ थान ,कुर्ति २४थान, सामना बरामद गरेको छ । उक्त सामानको मूल्य अन्दाजी मुल्य रु २,९१,२८०।– दुई लाख एकानब्बे हजार दुई सय असि रहेको र बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds