२१ माघ , काठमाडौं । पासपोर्ट बनाइदिन्छु भनेर ठग्ने ब्याक्तिलाई कालिमाटी बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

काठमाण्डौ महानगरपालिका वडा नं.११ त्रिपुरेश्वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्वनरपुरका सोम बहादुर स्याङ्तानलाई राहदानी बनाई दिने भनी मनोज सापकोटाले रु.१२,०००।- रुपैयाँ लिई फरार भएपछि सोम बहादुरले आफु ठगिएको भनेर महानगरीय प्रहरी बृत्त कालिमाटीमा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप-महानगरपालीका,संगमचोक बस्ने ३५ बर्ष को मनोज सापकोटालाई पक्राउ गरेको कालिमाटीका प्रमुख डिएस्पी अनिल घिमिरेले न्युज२४ग्यालेक्सी लाई जानकारी दिए ।
घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२१ अन्तर्गत दफा २४९“ ठगी आरोपमा दर्ता भई आपराधिक बिश्वाचसघात तथा आपराधिक लाभ (एक्सटर्सन)”सम्बन्धी कसूर अन्तर्गत सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन-५ को अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको कालिमाटी प्रहरी वृतका डिएसपी अनिल घिमिरेले जानकारी दिए ।






