Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस अधिवेशन: रसुवामा दुई गाउँपालिकाको कागजात चोरी

१ मंसिर , काठमाडौ । कांग्रेसको १४औं अधिवेशनअन्तर्गत रसुवामा भएको अधिवेशनमा असन्तुष्ट जनाउँदै एक पक्षले दुई वटा गाउँपालिकाको सम्पूर्ण कागजपत्र चोरेर लगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धुन्चेमा बुझाएको उत्तरगया र कालिका गाउँपालिकाको सम्पूर्ण फाइल चोरेर लगेका हुन् ।

सदरमुकाम धुन्चेस्थित एक होटलको कोठामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको झ्याल फुटाई फाइलिङ गरेर राखिएको कालिका र उत्तरगया गाउँपालिकाका सबै वडाका कागजात बुधबार बिहान चोरी भएको सहायक निर्वाचन अधिकृत जनक सिंह साउदले बताए ।

बिहान करिब ६ बजेदेखि ७ बजे फाइलिङ गरेर राखेको फाइल चोरी भएको उनले बताए । ‘कोठामा सबै लक गरेर चिया पिउन होटलमा उक्लिएको थिए, चिया पिएर तल कोठामा गई ढोका खोल्दा झ्यालको सिसा फुटाएर कालिका र उत्तरगया गाउँपालिकाको सबै वडाको सम्पूर्ण कागजात चोरिएको रहेछ ,’ उनले भने ।

फाइल चोरी हुनुअघि बिहान ५ बजेतिर केन्द्रीय निर्वाचन समितिसँग छलफल गर्नुपर्ने भन्दै निर्वाचन अधिकृत सुमनकुमार केसी काठमाडौँ‌ गएका थिए । केसी काठमाडौँ जानु र चोरी हुनुमा निर्वाचन अधिकृतको हात रहेको आशंका गरिएको छ । काठमाडौँ जाँदै गरेका उनलाई जिल्लामा ल्याउँदै गरेको स्रोतले जनाएको छ ।

जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न गराउन निर्वाचन अधिकृत सुमनकुमार केसी र सहायक निर्वाचन अधिकृत जनक सिंह साउद केन्द्रबाट आएका हुन् । सदरमुकाम धुन्चेको होटलमा बसेर उनीहरुले अधिवेशनका सबै काम गरिरहेका थिए ।

उनीहरूले वडा वडाको अधिबेशन सम्पन्न गराउन जिल्लाको २७ वटै वडामा शिक्षक संघका शिक्षकहरूलाई मतदान अधिकृतको रुपमा खटाएका थिए । वडा अधिवेशनको क्रममा पठाएका मतदान अधिकृतले एकलौटी ढंग काम गरेको भन्दै आफुहरूको सहमति नरहेको र क्षेत्रीय प्रतिनिधि चयनसम्बन्धी बिमति रहेको भन्दै उजुरी प्राप्त भएको सहायक निर्वाचन अधिकृत साउदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै