७ मंसिर , काठमाडौ । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियान र एमालेनिकट युवा(विद्यार्थी विशेष शक्ति प्रदर्शनले यतिखेर काठमाडौं उपत्यकाको माहोल तताएको छ ।

दुवै पक्षको र्‍याली कार्यक्रमस्थलतर्फ लागेको छ । युवा संघको र्‍याली तीनकुनेबाट कोटेश्वर हुँदै पुनस् तीनकुने आएर सभामा परिणत हुनेछ । युवा र विद्यार्थीका नेता(कार्यकर्ताले तीनकुनेदेखि कोटेश्वरसम्मको सडक भरिएको छ । एमाले नेता महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडालले र्‍यालीको नेतृत्व गरेका छन् ।

त्यस्तै उपत्यका भित्रिएका दुर्गा प्रसाईँका समर्थकहरू पनि कार्यक्रमस्थल बल्खुतर्फ लागेका छन् । बल्खुतर्फ जाने र्‍यालीका लागि छुट्टाछुट्टै रुट तय गरिएको थियो ।

दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ । कार्यक्रमस्थल जाने सडकमा सवारी आवागमन ठप्प छ । ट्राफिक र सुरक्षाकर्मीले ठाउँठाउँबाट सवारीसाधन डाइभर्ट गरेका छन् ।

 गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको विशेष प्रदर्शनका केही तस्बिर :